मुख्य मन्त्री शाहीसहित चिनीयाँ टोली हुम्ला आउँदै

कात्तिक २७, हुम्ला । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसहितको चिनीयाँ टोली हुम्ला आउने भएको छ ।

हिल्सा, सिमकोट, सुर्खेत हुँदै जमूनासम्मको रेल मार्गको सम्भाब्यता अध्ययनका लागि चिनीयाँ टोली सहित मुख्य मन्त्री शाही हुम्लाको हिल्सा आउन लागेको हुन् । संभाव्यता अध्ययन भएसंगै अब उक्त रेल मार्गको बाटो खुल्ने भएपनि अन्तिम प्रतिबेदन आएपछि मात्रै त्यस बारेमा बताउन सकिने कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दलबहादुर रावलले बताए ।

काठामाडौंबाट हेलिकोप्टर रिजर्भ गरेर आउने मुख्य मन्त्री शाहीको टोली सुर्खेत हुँदै सिधा हिल्सा पुगेर रेल मार्गको अध्ययन अबलोकन गर्ने र त्यसपछि सिमकोट बिमानस्थलमा केही समय भेटघाट हुने कार्यक्रम तय भएको निमित्त प्रमुख जिल्ला अधिकारी महेश प्रसाद पोखरेलले जानकारी दिए । टोलीमा कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीबन बहादुर शाही समेत सहभागि हुनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.