नयाँ बरियतामा नेपालका तीन खेलाडी अलराउण्डमा पारस ४१ औं स्थानमा

कात्तिक २७, काठमाण्डाै । आइसीसीले सार्वजनिक गरेको पछिल्लो विश्व टी–२० नयाँ बरियतामा नेपालका तीन खेलाडी अटाएका छन्।

शीर्ष १०० भित्र अटाउने खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी छन । यसअघि शीर्ष १०० को वरियतामा परेका शरद भेषवाकर बाहिरीएका छन्।

आइतबार आइसिसिले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपालका कप्तान पारस खड्का ब्याटिङतर्फ ९३ औं स्थानमा छन ।

ब्याटिङ तर्फ यसअघि बरियतामा रहेका शरदले आफ्नो बरियता गुमाएका छन्। उनलाई भारतीय खेलाडी रिशव पन्तले रिप्लेस गरेका हुन्।

यसको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन्।

यस्तै टी–२० को बलिङतर्फ बसन्त रेग्मी केही स्थान तल झर्दै ७५ औं स्थानमा पुग्दा सोमपाल कामी ९४ औं स्थानमा यथावत छन्। बलिङको शीर्ष स्थानमा अफगानिस्तानका राशिद खान छन्।

यता अलराउण्डमा पारस ४१ औं स्थानमा छन भने सोमपाल ६४ औं स्थानमा छन्। शीर्ष स्थानमा अष्ट्रेलियाका ग्लेन म्याक्वेल छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.