प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक नियुक्त

कात्तिक २६, काठमाडौं । सरकारले नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो। थापालाई गृह मन्त्रालयले असोज २४ गते एआइजीमा बढुवा सिफारिश गरेको थियो । यस अघि गृह मन्त्रालयले भदौ २६ गते पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतलाई एआइजीका लागि सिफारिश गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.