भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन

कात्तिक २६, नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ ।

संसदीय कार्यमन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । सोमबार बिहानै उनको निधन भएको हो ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै भनेका छन्, ‘अनन्त कुमारको निधन देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति हो, खासगरी कर्नाटकका जनताका लागि ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री कुमारको निधनमा शोक व्यक्त गरेका छन् । त्यस्तै भारतकी रक्षामन्त्री निर्मला सितारमणले पनि मन्त्री कुमारको निधनमा शोध प्रकट गर्दै ट्वीट गरेकी छन् । –एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.