कात्तिक २५, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले आगामि मंसिर ८ गते लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले लिन लागेको यो २० औं लाइसेन्सिङ परीक्षा हो।
लाइसेन्सिङ परीक्षाका लागि काउन्सिलले अनलाइन फर्म भर्ने व्यवस्था गरेको थियो। काउन्सिललको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन्।

