कात्तिक २५, बहराइच । नेपालबाट अनधिकृत रुपमा भारत प्रवेश गरेका ६ जना चिनियाँ नागरिकलाई भारतले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआइका अनुसार ती चिनियाँ नागरिक रुपैडिहा नाकाबाट गत बुधबार भारततर्फ छिर्न लाग्दा सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको हो । दुई महिलासहितको चिनियाँ नागरिकको समूह नेपालगञ्जमा बागेश्वरी मन्दिर घुमेपछि भारततिर छिर्ने प्रयास गरेको थियो ।

