समाज सुधारक फाल्गुनन्दको अभियान सदाबहार सान्दर्भिकः प्रधानमन्त्री

कात्तिक २५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति, विसंगति हटाउन उनले चलाएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका हुन् । किराँत धर्मावलम्बीले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वका रूपमा सम्मान गर्छन् । फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दले वि।सं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए । प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा बेथिति देखेपछि सुधार गर्न फाल्गुनन्दको निरन्तर प्रयास सराहनीय रहेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले किराँत धर्म, साहित्यको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसा गरेका छन् । ओली पहिलोपल्ट प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मावलम्बीलाई सार्वजनिक बिदा दिन थालिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.