रिलिजको भोलिपल्टै ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक

कात्तिक २४, एजेन्सी। बलिउडको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रिलिज भएको भोलिपल्टै अनलाइनमा लिक भएको छ ।

आमिर खान र अमिताभ बच्चनजस्ता ठूला स्टारको फिल्म शुक्रबार रिलिज भएको थियो । त्यसको भोलिपल्टै फिल्म अनलाइनमा लिक भएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म तमिल रकर्स नामको वेबसाइटले लिक गरिदिएको हो ।

यो वेबसाइटले फिल्मका सबै भाषामा संस्करण एचडी क्वालिटीमै लिक गरिदिएको हो । तमिल रकर्सलाई अनलाइनमा फिल्म लिक गर्ने कामको लागि नै चिनिन्छ । यसअघि पनि यो वेबसाइटले तमिल स्टार विजय जोसेफको फिल्म सरकार लिक गरेको थियो । यसका अलावा यो वेबसाइटले यसै वर्ष रिलिज भएको रजनीकान्तको फिल्म काला पनि लिक गरिदिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.