गाईको पनि जन्म, मृत्यु र बसाइ सराइ दर्ता अनिवार्य

कात्तिक २३, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब गाईको पनि जन्म, मृत्यु र बसाइ सराइ दर्ता अनिवार्य गरेको छ । गागाईको जन्म, मृत्यु र बसाइ सराइ र दर्ता गराउँने किसान हरुलाई भत्तासमेत दिने नियम बनाएको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताउँनुभयो । गाई अव्यबस्थित भएपछि गाईहरु सडकमा हिड्ने र सडकमा सुत्ने गरेका कारण सडक दुर्घटना बढेको परीप्रेक्ष्यमा यस्तो नियमले सडक दुर्घटनामा पनि केही न्युनिकरण हुने आशा रहेको प्रवक्ता श्रीले बताउँनुभयो ।

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ आउँदा जाँदा किसानलाई लाग्ने यातायात खर्चसमेत नगरपालिकाले बेहोर्ने तिललोतमा नगरपालिकाले जनाएको छ । गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने सोच नगरपालिकाले बनाएको उहाँले बताउ्रँनु भयो ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगरसभाको बैठकबाटै यस्तो नीति लीएको हो ।गाईको दर्ता गरेपछि छाडा छाड्न नदिन सम्भावित नाकाहरुमा नगर प्रहरी परिचालन गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताउँनु भएको छ । तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको पशु बीमा कार्यक्रम अन्तर्गत बीमा गर्ने किसानलाई बीमाको ५० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.