कात्तिक २३, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, आज तिहारको अन्तिम दिन अर्थात् भाइटीका ।
तिहारको भाइटीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम रहेको छ । नेकपा अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य यसवर्ष त्यति ठीक छैन । यसवर्ष प्रधानमन्त्री ओलीले आफ्ना दुई बहिनीहरूसँग काठमाडौं मै भाइटीका लगाउने कार्यक्रम रहेको छ ।
जेठी बहिनी विष्णुमाया ढकाल चितवनमा बस्दै आउनु भएको भने माइली बहिनी कमलादेवी कोइराला काँकडभिट्टामा बस्दै आउनु भएको छ । प्रधानमन्त्रीलाई भाइटीका लगाउनका निम्ति दुई बहिनीहरू हिजो नै काठमाडौं आइसक्नु भएको छ । भाइटीकाको साइतमै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भाइटीका लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालले जानकारी दिनुभयो ।

