अमेरिकाद्वारा आप्रवासीलाई दिइने शरणमा कडाइ

कात्तिक २३, वासिंटन । अमेरिकाले आप्रवासीलाई दिइने शरणमा कडाइ गरेको छ ।

अमेरिकाले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध रुपमा अमेरिका प्रवेशका लागि रोक लगाउन जारी गरेको निर्देशन उल्लंघन हुने गरी प्रवेश गर्ने आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने अमेरिकी न्याय तथा होमल्यान्ड सुरक्षा विभागले घोषणा गरेको हो । नयाँ नियमअनुसार अमेरिका–मेक्सिकोको सम्पूर्ण सीमाबाट प्रवेश गर्नेहरुले आश्रयका लागि निवेदन दिन नपाउने उल्लेख छ । विभागले जारी गरेको वक्तव्यमा राष्ट्रपतिले देशको राष्ट्रिय हितका लागि आप्रवासलाई रोक्न सक्ने उल्लेख गरिएको छ ।

भर्खरै सम्पन्न मध्यावधि निर्वाचनमा आप्रवासी प्रवेशमा कडाई गर्ने विषयलाई ट्रम्पले मुख्य मुद्दा बनाएका थिए । उनले चुनावी अभियानका क्रममा हाल समस्याको रुपमा निम्तन सक्ने देखिएका आप्रवासीहरुको लस्करमाथि लगातार तिखो आलोचना गर्दै आएका थिए । मध्यअमेरिकी देशबाट मेक्सिको हुँदै अमेरिका प्रवेशका लागि हजारौं आप्रवासी पुग्ने गरेका छन् । आप्रवासीलाई आक्रमणकारीको रुपमा चित्रित गरेका ट्रम्पले उनीहरुलाई रोक्न सबैखाले प्रयास गरिने बताएका छन् । –एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.