धादिङमा ट्टाछुट्टै दुर्घटनामा परी २० घाइते

कात्तिक २३, धादिङ । धादिङ चरौँदी र ससाहमा भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन्। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा २ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घइतेको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.