कात्तिक २२, काठमाडौं । काठमाडौंको मूलपानीमा खेलिरहेकी अवस्थामा दिउँसै बालिका बलाकृत भएकी छिन । बुधबार दिउँसो मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएकी हुन ।
प्रहरीको अनुसार बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन ।

