भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक

कात्तिक २२, काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो ।

समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.