मदिरामा कडाइ, ९ बजेपछि पानपसल समेत खोल्न नपाइने

कात्तिक २२, राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त बार र रेष्टुरेन्टसहितका होटलले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने भन्दै कडाइ गरेको छ । लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेका सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

तिहार र छठलाई लक्षित गरी जारी सूचना अनुसार मदिरा व्यवसायीहरुले बेलुका ८ बजेसम्म र बार व्यवसायीहरु ९रेष्टुरेन्ट० ले राति ८ः३० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउनेछन । साथै जिल्लाका पान पसलहरुम्लाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भन्दै कडाइ गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.