फेसबुक ‘साथी’ अभियानको न्यानो कपडा अपाङ्गा बालबालिकालाई

कात्तिक २१, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट सञ्चालन गरिएको ‘साथी’ अभियानले आज गोकर्णेश्वरमा अपाङ्गाता भएका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुको साथै मिष्ठान भोजन गरिएको छ ।

पछिल्लो समयमा सूचनाको राम्रो माध्यम भन्दै गएको सामाजिक सञ्जाल फेसबुक, ट्युइटर, इमो लगायत एप्सबाट नेपाली युवाहरु सामाजिक कार्यमा क्रियशिल हुदैँ आएको छ । त्यस्तै एक वर्ष अगाडी फेसबुक मार्फत निर्माण गरिएको ‘साथी’ अभियानले थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेका छन् । हिउँदो जाडोलाई मध्यनजर गर्दै साथी अभियानले गोकर्णको स्वस्थ समाज नेपालमा रहका १५ जना अपाङगता भएका बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको हो ।

अभियानबाटै सहयोग जुटाउँदै यस प्रकारका सामाजिक कार्यहरु गर्दै आईरहेको अभियानका संयोजक रेज्मा अधिकारीले बताईन् । उनले मानवीय तथा सामाजिक सोचका साथ विपन्ना भएका व्यक्तिहरुलाई सहयोग पु¥याउने उद्देश्य र विशेष गरी आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुको शिक्षा, स्वास्थ्यका लागि अभियानले काम गर्दै आईरहेको बताईन् ।

आर्थिक अवस्था अभावका कारण उपचार गर्न नसकिएका अशक्त विरामीहरुलाई बचाऊ अभियान, निःशुल्क रक्तदान लगायत थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएका ‘साथी’ सबैभन्दा मार्थी नारालाइ आत्मसाथ गरेका सो अभियानमा अहिलेसम्म २६ हजार नेपाली युवाहरु जोडिसकेको संयोजक अधिकारीले बताईन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.