अमेरिकाको प्रतिनिधिसभामा नेपाली मूलका भण्डारी निर्वाचित

कात्तिक २१, काठमाडौं । अमेरिकाको मेरील्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ मा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। मध्यावधि निर्वाचन अन्तर्गत डेमोक्र्याटिक दलका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मंगलबार भएको निर्वाचनमा २० हजार ९ सय ७७ मत प्राप्त गरि उनी विजयी भए। भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्सन प्रतिस्पर्धी थिए। उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन्। भण्डारी गुल्मीबाट ८ वर्षअघि डिभी चिठ्ठा परेर अमेरिका पुगेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.