निर्माणाधीन करिव १५ सय पुल अझै अलपत्र

कात्तिक २१, काठमाडौं । आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन ।

एकातर्फ डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ भने अर्कातर्फ बनाउन सुरु गरिएको एक दशक सम्म पनि पुल बन्न सकेको छैन ।  सडक विभाग, पुुल महाशाखाका अनुसार २०६५ सालयता निर्माण कार्य सुरु गरिएका एकहजार ४८१ वटा पुल अझै अलपत्र अवस्थामा रहेका छन् । त्यसमध्ये विभिन्न राजमार्गका ६ सय वटा र स्थानीय स्तरका ८८१ वटा पुल रहेका छन् । पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण व्यवसायीहरूको बदमासी, आवश्यक बजेट र आवश्यक प्राविधिक क्षमता तथा उपकरणको अभावमा पुल निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो ।

आवश्यक वजेटको अभावमा समेत पुल निर्माण कार्य अगाडि बढ्न नसकेको उपमहानिर्देशक थापाले बताउनुभयो । हरेक आर्थिक वर्षमा आवश्यकता भन्दा न्यून रकम विनियोजन हुने गरेको बताउँदै उहाँले यसै प्रकारले रकम विनियोजन हुँदै जाने हो भने अबको एक दशकमा पनि निर्माणाधिन पुलहरुको निर्माण सम्पन्न हुन नसक्ने स्पष्ट पार्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.