कात्तिक २०, काठमाडौं । जगदम्बा स्टिल्सले हेटौंडमा टेक्निकल मिट सम्पन्न गरेको छ । कम्पनीले एफई ५००डीमा केन्द्रित रही फलामे डन्डी सम्बन्धी आफ्नो टेक्निकल मिटको आयोजना गरेको हो ।
निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण निर्माणकर्मीलाई फलामे डन्डीको उचित प्रयोग तथा राइनो ५०० डीको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । निर्माणकर्मी तथा निर्माण व्यवसायीको उत्साहजनक सहभागिता रहेको कार्यक्रम जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्टका आनन्द नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

