प्रदेश नं ३ को वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न

कात्तिक २०, काठमाडौं । प्रदेश नं ३ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी हेटौँडामा सम्पन्न भएको छ।

पहिले हरेक विकास क्षेत्रमा क्षेत्रीय स्तरमा गोष्ठी हुन्थ्यो भने देश संघीयतामा गएपछि सातै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी बनाउने उद्देश्यले प्रदेश ३ ले यो कार्यक्रम गरेको हो। यसअघि यस्तो गोष्ठी प्रदेश नं ७ को धनगढीमा सम्पन्न भइसकेको छ । कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले संघीयता कार्यान्वयनको सुरुवाती चरण भएकाले देखिएका द्धिविधा मिलेर हटाउदैँ जानुपर्र्ने बताए। उनले स्वास्थ्यका धेरै कार्यक्रम प्रदेशमार्फत स्थानीय तहमा गएकाले यसलाई सहज तरिकाले कार्यान्वयन गर्न मन्त्रालय तथा विभागबाट पनि सहजीकरण हुनेपर्नेमा जोड दिए।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक डा यदुचन्द्र घिमिरेले प्रदेश तीनमा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, प्रदेश ३ मा रहेका ९ अस्पतालका प्रतिनिधि उपस्थित रहेको जानकारी दिए। हिजो र आज दुई दिन चलेको समीक्षा बैठकमा स्वास्थ्यकर्मीहरुले कार्यक्रमको व्यवस्थापन, सहकार्य र जनशक्ति व्यवस्थापन नहुँदा काम गर्न समस्या भएको कुरा मुख्य रुपमा उठाएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.