कात्तिक २०, विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीका अवसर पारेर नेपाली लेखक संघ मोरङले विराटनगरमा एक विशेष साहित्यिक सभाको आयोजना गरेको छ ।
सोमबार आयोजित सो कार्यक्रममा प्रमुख अतिथि कवि प्रल्हाद पोखरेलले देवकोटामा शब्दसँग खेल्ने उत्कृष्ट कला विद्यमान रहेको बताए । नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कवि विवश पोखरेल, दधिराज सुवेदी, कविराज न्यौपाने, राधिका गुरागाई, भूषण ढुंगेल, सोमराज अभय, गंगाधर कट्टेल, मिनकुमार नवोदितलगायतले महाकवि देवकोटाका विषयमा बोलेका थिए ।
कार्यक्रममा कविहरु मधु पोखरेल, गायत्री चापागाई, निर्मला कोइराला, मंजुश्री गिरी, चुडामणि नेपाल, दिङ्लाली कान्छो, डिल्लीराम अधिकारी, हरि कट्टेल, गंगा सुवेदी र सर्वाश्री भट्टराईले कविता वाचन गरेका थिए ।

