नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

कात्तिक २०, काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । पार्टीको विधान संशोधन मस्यौंदा समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिने पनि बैठकको एजेण्डा छ । तर, आज बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको मस्यौंदा प्रतिवेदनको प्रस्तावकै विषयमा भने विवाद देखिएको छ ।

उपसमितिले तयार पारेको मस्यौंदामा समितिका सदस्यबीच विवाद देखिएपछि आज बस्ने केन्द्रिय कार्य समिति बैठकमा पेश प्रतिवेदन पेश हुने।नहुने टुंगो भने अझै लाग्न सकेको छैन । नेपाली काँग्रेसले आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको भएपनि नेताहरुबीचको विवादले बैठक भने सर्ने देखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.