सुतिरहेका बेला गोली हानी हत्या

कात्तिक १९, बर्दिया । बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन ।

मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए ।

सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा मृत्य भएको थियो ।

उक्त समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेका छन । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारण बारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताउनुभयो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.