इरानमाथि अमेरिकी प्रतिबन्ध, नेपालमा पर्न सक्छ यस्तो असर

कात्तिक १९, काठमाडौं । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । आज अर्थात् नोभेम्बर ५ देखि प्रतिबन्ध लागू भएको हो । प्रतिबन्धपछि इरानलाई तेल बेच्न गाह्रो हुनेछ। इरानसँग व्यापार गर्ने देश र कम्पनीसँग अमेरिकाले सबै सम्बन्ध तोड्ने धम्की दिइसकेको छ ।

अब इरानी तेलको बिक्री नहुने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाले यस्तो धम्की दिईरहेका बेला यूरोपियन यूनियनले भने इरानसँग व्यापार गर्ने कम्पनीहरुलाई आफ्नो समर्थन दिने बताईरहेको छ । तर ति कम्पनीहरु यो प्रतिबन्धबाट प्रभावित होलान रु किनकी इरानसँग व्यापार गर्दा अमेरिकासँगको व्यापारमा सिधा असर पर्न सक्छ । अमेरिकाको धम्कीका कारण विश्वका धेरै देशहरुले इरानसँग तेल किन्न छाडिसकेका छन् । इरानबाट बढी तेल किन्नेमा चीनपछि भारत दोस्रो देश हो।

नेपालमा कस्तो पर्ला प्रभाव ?
इरानमाथिको प्रतिबन्धले विश्वका धेरै देशमा प्रभाव परेको छ । अमेरिका इरानको तेल व्यापार पुरै सखाप पार्न चाहन्छ । जसले गर्दा आणविक हतियार निर्माण गर्न नसकोस् । अमेरिकाले ८ देशलाई अस्थायी रुपमा इरानबाट आयात गर्न केही समयको लागि इजाजत दिएको छ । अस्थायी इजाजत पाउने देशहरुमा इटाली, भारत, जापान तथा दक्षिण अफ्रिका लगायत रहेका छन् । नेपालले पनि इरानको तेल भारतबाट आयात गर्दै आईरहेको छ । केही समय भने नेपाललाई पनि सहज हुनेछ । तर इरानको प्रतिबन्धले नेपाललाई पनि प्रभावित गर्नेछ । प्रत्यक्ष प्रभावित नगरे पनि भारतले इरानको तेल किन्छ कि किन्दैन भन्ने कुराले नेपाललाई प्रभावित गर्नेछ ।

नेपालले भारतबाट वार्षिक एक खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्छ । भारतले अलिकति पनि कटौती गरेमा नेपालका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्ने गरेको छ । नेपाल आयल निगमसँग बढीमा ३ महिनासम्मको पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने मात्र क्षमता छ। इरानसँग प्रत्यक्ष कारोबार नगर्दा पनि नेपाललाई घाटा छैन। तर भारतले गरेन भने नेपाल अप्ठेरोमा पर्छ । भारतले इरानबाट ठूलो मात्रा कच्चा तेल आयात गर्छ। त्यो तेल रिफाइन गरेर नेपालले भित्र्याउँछ। भारतले इरानको तेल उठाउन छाड्यो भने नेपालमा पनि तेलको संकट पर्न सक्छ।

इरानी राष्ट्रपतिको कडा प्रतिक्रियाः
अमेरिकी प्रतिबन्धमाथि इरानी राष्ट्रपति हसन रुहानीले कडा प्रतिक्रिया दिएका छन् । उनले इरानमाथि भएको षड्यन्त्रमा अमेरिका सफल नहुने प्रतिक्रिया दिए । ट्रम्पले इरानलाई प्रतिबन्ध मात्र लगाएका छैनन्। इरानसँग कारोबार गर्नेसँग पनि भविष्यमा सम्बन्ध नराख्ने घोषणा गरेका छन्।

भारतमा के भईरहेको छ ?
भारतका लागि इरान, इराक, साउदी अरेबिया र भेनेजुएलाले कच्चा तेल उपलब्ध गराउँदै आएका छन् । अहिले इरानमाथि प्रतिबन्ध छ । तर इरानबाहेक अन्य देशहरुबाट आयात भईरहेको छ । जसले गर्दा प्रतिबन्धपछि पर्ने असरलाई न्यूनीकरण गर्न केही हदसम्म सहयोग भईरहेको छ । इरानबाट तेल ल्याउन नपाएपछि भारतको अर्को विकल्प हुन्छ भेनेजुएला। तर भेनेजुएलामाथि पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यसो हुँदा भारतलाई तेलको लागि अप्ठ्यारो पर्न सक्छ।

अब इरानले के गर्न सक्छ ?
इरानमाथिको प्रतिबन्धले तेलको मुल्य बृद्धि हुनेछ । बजारमा तेलको अभाव हुँदा मुल्य बढ्नु स्भाविक हो । जुन अमेरिकाले इरानको तेल निर्यात पुरै खतम पार्ने भनिरहेको छ त्यो सम्भव छैन् । बर यसले तेलको मुल्य बढ्दै जानेछ । जुन देशलाई इरानबाट तेल आयात गर्ने छुट मिलेको छ, यदि उनीहरुलाई चीनको साथ मिलेमा इरान सबैभन्दा बढी तेल बेच्ने देश बन्न सक्छ । जसले गर्दा अमेरिकी प्रतिबन्ध त्यति प्रभावकारी हुँदैन् । बीबीसी हिन्दीको सहयोगमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.