तिहारका समाग्रीमा कालोबजारीः सरकारको अनुगमन भएन

कात्तिक १९, काठमाडौं । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय सामानको मूल्य दुई प्रतिशतसम्म बढेको छ । तर, बजारमा सरकारको कुनै अनुगमन छैन ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको तिहारमा धेरै भाइमसलाहरुको मूल्यवृद्धि भएको नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठले बताए । संघका महासचिवले भने, ‘धेरै मसलाहरुको मूल्य बढेको छ, तर सबै वस्तुको मूल्य बढेको चाहिँ छैन ।’श्रेष्ठले किसमिस ३ सय देखि ३ सय ५० रुपैयाँमा बेच्दै आएकोमा ६ सय रुपैयाँ पुगेको बताए । उनका अनुसार १ हजार २ सय रुपैयाँमा गत वर्ष बिक्री गरेको बदाम १ हजार ४ सय ५० रुपैयाँसम्म पुगेको छ भने गत वर्ष २ सय देखि १३ सय रुपैयाँसम्म रहेको पेस्ता अहिले १ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको छ ।यस वर्ष मखनाको मूल्य भने अत्यधिक बढेको छ । २ सय प्रतिशत भन्दा बढीले मखनाको मूल्य बढेको उनले बताए ।

अघिल्लो वर्ष ३ सय रुपैयाँमा बिक्री भएको मखना यस वर्ष मूल्य बढेर १ हजार रुपैयाँसम्म पुगेको उनले जानकारी दिए ।अघिल्लो वर्षको तुलनामा नरिवल र ओखरमा पनि मूल्यवृद्धि भएको छ । गत वर्ष ३ सय ७५ रुपैयाँमा बिक्री भएको नरिवल यसवर्ष ५ सय रुपैयाँ पुगेको छ भने ३ सय ८५ रुपैयाँमा बिक्री भएको ओखर यस वर्ष ७ सय रुपैयाँसम्म पुगेको महासचिव श्रेष्ठले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.