पत्रकार खाशोज्जीको शव काटेर तेजाबमा राखिएको खुलासा

कात्तिक १९, काठमाडौं । टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले साउदी अरबका पत्रकार जमाल खाशोज्जीको शव काटेर तेजाबमा राखिएको बताएका छन् । पत्रकार खासोग्जीका हत्याराले हत्याको प्रमाण नष्ट गर्नका लागि शव काटेर हालेको एक मात्र तर्कपूर्ण निष्कर्ष रहेको आकतायको भनाइ छ ।

तर अहिलेसम्म खाशोज्जीको शव तेजाबमा हालेको बारेमा कुनै फोरेन्सिक प्रमाण भने फेला पर्न सकेको छैन् । आकतायले तर्कीको ‘हुर्रियत’ नामक अखबारलाई दिएको अन्तरर्वार्तामा भनेका छन्, “उनीहरुले खाशोज्जीको शवका टुक्रालाई अवशेषहरु सहजै मेटाउन तेजाबमा हालेको हुनसक्छ ।’’

अर्दोआनले भने– साउदीको हात

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले पहिलो पटक साउदी अरब सरकारमाथि पत्रकार जमाल खाशोज्जीको हत्याको आरोप लगाएका छन् । ‘‘खाशोग्जीको हत्याको आदेश साउदी सरकारको सबैभन्दा उच्चस्तरबाट आएको हो भन्ने बारेमा हामीलाई थाहा छ ।’’ यद्यपि उनले टर्कीका साथ साउदीको मित्र राष्ट्रको सम्बन्धमा जोड दिँदै भनेका छन्– तर यसमा किंङ्ग सलमानको कुनै भूमिका छैन । – बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.