कात्तिक १८, काठमाण्डौ । न्यूज २४ टेलिभिजन पोखरा ब्यूरोका टिभि जर्नलिष्ट उत्तम पौडेलमाथि पोखराका तेजस्वी ज्वेलर्सका संचालकले दुर्ब्यवहार गरेका छन ।कम तौलको गरगहना विक्रि गर्दै आएका ज्वेलर्सले समाचार बनाएको भन्दै टिभि जर्नलिष्ट पौडेलमाथि हातपात तथा गालीगलौज गरेको हो ।
संचालक विरुद्ध कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । संचालकले स्थानीय पत्रकार संजय मल्ललाई पनि दुर्ब्यवहार तथा हातपात गरेका छन । तेजस्वी ज्वेलर्सले ग्राहकलाई कम तौलको गरगहना बेच्ने गरेकाे स्थानियको अधिकांश गुनासो बढेपछि पत्रकार समाचारको लागि पुगेका थिए ।

