घरेलु मैदानमा अस्ट्रेलिया ६ विकेटले पराजित

कात्तिक १८, एजेन्सी । दक्षिण अफ्रिकाका बलरसामु कुनै बलरले खुलेर खेल्न नसकेपछि अस्ट्रेलिया घरेलु मैदानमा सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित भएको छ ।

पर्थ रंगशालामा टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनको योगफल बनाएको थियो । जुन दक्षिण अफ्रिकाले २९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । पछिल्लो १९ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको यो १७औं हार हो । अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय लगातार सात खेलमा पराजय भोगेको पनि यो पहिलो हो । शुरुबाटै दक्षिण अफ्रिकाका बलर हाबी बनेपछि अस्ट्रेलियाले ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो भने ६६ रन जोड्दा ६ ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए । नाथन कोल्टर–नेल र एलेक्स कारीले इनिङ सम्हालनुअघि अस्ट्रेलिया कीर्तिमानी थोरै स्कोरमा समेटिने संकेत गरेको थियो । कोल्टर–नेलले ३४ तथा कारीले ३३ रन जोडेपछि अस्ट्रेलियाले १ सय ५० रनको योगफल पार गर्यो । अस्ट्रेलियाका क्रिस लेनले १५, मार्कुस स्टोइनिजले १४ तथा पेट कुमिन्स र मिचेल स्टार्कले समान १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एन्डिज फेलुकवायोले ३३ रन दिएर ३ विकेट लिए । डेल स्टेन, लुनगी एन‘गिडी र इमरान ताहिरले समान २–२ विकेट लिए ।
ओपनर क्विन्टन डी कक र रिजा हेनड्रिक्सले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई राम्रो सुरुआत दिए । डी ककले ४७ तथा हेनड्रिक्सले ४४ रन बनाए । एइडेन मारक्रमले ३६ रन जोडे । कप्तान फाप डुप्लेसिस १० रनमा अविजित रहे । अस्ट्रेलियाका स्टोइनिसले ३ विकेट लिँदा कोल्टर–नेलको नाममा १ विकेट रह्यो । दुई देशबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शुक्रबार एडीलेड ओभलमा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.