कात्तिक १८, काठमाडाैं । पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको इलिमिनेटर खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । जवाफमा चितवनले १८ ओभर दुई बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा र्गयो । तर, उसको सुरुवात भने राम्रो हुन सकेन । प्रतियोगितामा लगातार दुई खेल हारेर पनि चितवन फाइनलमा पुग्न सफल भयो । यता काठमाडौं भने सुरुवात राम्रो गरेपनि मुख्य खेलमा चुक्न पुज्ञ्ो । अब, उपाधिका लागि भिडन्त मंगलबार हुनेछ ।

