घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

कात्तिक १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.