कात्तिक १७, काठमाडौं । प्रदेश नं. ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको मुहार फेर्ने संकल्प पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
काठमाडौंको गोकर्णेश्वरमा नेकपा संसदीय दल गोकर्णेश्वर नगरपालिकाले आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जनआपेक्षित विकास निर्माण कार्यमा आफू दृढ संकल्पका साथ सक्रिया भएर काम गरिरहेको बताए ।

प्रदेश ३ लाई नमूना प्रदेशको रुपमा लैजान कठोरका साथ लागि परेको बताउँदै मुख्यमन्त्री पौडेलले भने– ‘सरकार कठोर नै हुनुपर्छ, सबै मर्यादामा बस्नुपर्छ । ’ विकासको गति अगाडी बढिरहेको बेला सरकारलाई असहयोग गर्ने र जनतालाई भ्रममा नपार्न सबै जनप्रतिनिधिहरुलाई आग्रह गरे । अहिले सबै शक्ति कम्युनिष्ट सरकारमा रहेको छ । यति हुदा पनि काम गर्न सकिएन भनेर कुरा राख्नु स्वभाविक हो । त्यो आशंकलाई चिर्ना केन्द्रिय सरकार र पार्टी नेता कार्यकर्ता पनि संयमित भएर लाग्नुपर्ने बताए ।

त्यस्तै काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्ण राईले निर्वाचनको परिणामपछि सबैको सझा प्रतिनिधि भएको सुनाउँदै विकासको निर्माणको कार्यमा सबै जनाको सकारात्मक सहयोगको खाँचो रहेको औल्याए । सांसद राईले जनताको चाहाना वमोजिम नै विकास निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै जनजीविकालाई उन्नततर्फ लैजान केन्द्रिय सरकारले बनाएको योजनाअनुरुप काम भइरहेको बताए । उनले तीनै तहको विकास कार्यमा अपनत्व र पारदर्शी बनाउन स्थानिय तहदेखि नै उपभोक्त समिति, समूह र विभिन्न संघसंस्था मार्फत काम गर्न अग्राह गरे ।

उक्त कार्यक्रममा काठमाडौं ३ बाट निर्वाचित प्रदेश सांसद रामेश्वर फुयाँलले अहिलेको समय विकासको युगतर्फ अग्रसर भइसकेको बताउँदै अब जनता आत्तिनुपर्ने अवस्था नआएको बताए । सांसद फुयाँलले भने– ‘तीन ओटा सरकार बनेका छन्, सबै तहमा व्यवस्था आएको छ, यसलाई अवलम्बन गरी जनताले चाहेको विकास निर्माण र आर्थिक समृद्धि पूरा गर्न आँफू प्रतिबद्धतता रहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको कामलाई तिब्रता दिन जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक सुधारको कार्य भईरहेको जनाए । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा तीन सयभन्दा बढि नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागी रहेका थिए ।


