आन्दोलनरत कर्मचारी र मन्त्रालयबीच सहमति

कात्तिक १७, काठमाडौँ । सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ।

सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिए।

प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताए। अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले समन्वय गर्ने छ। सरकारले हटाएपछि उनीहरु मन्त्रालय अगाडि धर्ना बस्दै आएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.