कात्तिक १६, काठमाडाैँ । सरकारले कपडा उद्याेगीहरुलारि दिँदै अाएकाे मूल्य अभिवृद्धि कर छुटकाे सुविधा हटाएपछि २०० भन्दा बढी कपडा उद्याेग संकटमा परेकाे नेपाल कपडा उद्योग संघकाे ठहर छ । संघले मंसिर १ गतेदेखि ती सबै कपडा उद्योगहरु बन्द गर्ने चेतावनी समेत दिएको छ ।
आर्थिक ऐन २०७५ वाट नेपाली कपडा उद्योगीहरुले पाउँदै आएको राजस्व छुटसम्बन्धी सुविधा हटाएकाले नोक्सानीमा उद्योग सञ्चालन गर्न नसक्ने भन्दै बन्द गर्ने चेतावनी दिएको हो । मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने संघकाे माग छ ।
यसअघि अाफ्ना मागहरुप्रति सरकार उदासीन रहेकाे भन्दै बिहीबार (कार्तिक १५) देखि नै उद्योगहरु बन्द गर्ने निर्णय गरेको थियो । तर अब मंसिर १ गतेसम्म सरकारलारि निर्णय सच्याउने माैका दिने र त्यसपछि पनि माग सुनुवारि नभए उद्योगहरु बन्द गर्ने संघले जनाएको छ ।
नोक्सानी सहेर कपडा उद्योगहरु सञ्चालन गर्न नसकिने संघकाेभ नाइ छ । यसअघि विदेशी उत्पादनका कपडाहरुसँग प्रतिष्पर्धा गर्नकै लागि सरकारले स्वदेशी कपडा उद्योगलाई मूल्य अभिवृद्धि करमा छुट दिँदै आएको थियो ।

