महिला फुटबल टोलीलाई सम्मान

कात्तिक १६, काठमाडौं । मित्र राष्ट्र भुटानको थिम्पुमा भएको साफ यु – १८ च्याम्पियनसिपमा उपविजयी नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि एन्फाले नगदसहित सम्मान गरेको छ ।

प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले खेलाडीहरुलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरे ।
खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य सचिव बिष्टले नेपाली चेलीहरुलो राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन्, त्यो अविस्मरणिय भएको भन्दै खेलाडीहरुले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

उनले राष्ट्रको आधिकारीक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भए पश्चात राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए । बिष्टले खेलकुद बिकासका लागि राष्ट्रिय खेलकुद परिषद जहिले साथमा अगाडी बढ्ने बताए ।

सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु – १८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाक्सितानलाई ०–१३ गोलले पराजित गरेको थियो । यस्तै बंगलादेश संग २–१ गोलले पराजित भएता पनि सेमिफाईनल प्रवेश गरेको नेपालले भारतलाई १–१ गोलको बराबरी पश्चात टाईब्रेकरमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यस्तै फाईनलमा पुनं बंगलादेशसंग १ – ० गोलले पराजय हुंदै उपविजयी भएको थियो ।

सोही महिला फुटबल टोलीले थाईल्याण्डमा भएको एफसी यु –१९ को पहिलो चरणको छनोट पार गर्दै इतिहास रच्न सफल भएको थियो ।

९ औं संस्करणका विजेता सुमितको जोडी अन्तिम चारमा

गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डङ्गोलको जोडी ‘१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५’को पुरुष युगल तर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन । शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन । यस्तै नागबहालकै सनिल शाक्य र सुमन शाक्यको जोडी पनि दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन ।

यस्तै दथृुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडी र रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन । राजु र सुमितको जोडीले नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडी २१–१७, २१–७ले तथा रत्नकाजी र संदीपको जोडीले हखका राकेश शाक्य र सुशिल महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पाखा लगाए । फाईनल प्रवेशका लागि अव सुमित र ससिनको जोडीले राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी र संदीपको जोडीले सनिल र सुमनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकल तर्फ नागबहालका सहज शाक्य, श्रवण शाक्य, सुजल शाक्यले पनि सेमिफाईन यात्रा तय गरे । सहजले नागबहालकै साकार शाक्यलाई २१–१०, २१–६, श्रवणले भिन्छेबहालका मौलिक बज्राचार्यलाई रिटायर्ड हर्टका आधारमा र सुजलले चाकुपाटका सुजल शाक्य(दोश्रो)लाई २१–१४, २१–९ ले हार चखाए । अर्को जितमा प्रयाग पोखरीका पुजन शाक्यले नागबहालका प्रशन्न शाक्यलाई २१–१३, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । अव सेमिफाईनलमा सहजले पुजनको तथा श्रवणले सुजलको सामना गर्ने भएका छन ।

यस्तै मिक्स युगल तर्फ दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडी तथा राजु बज्राचार्य र यास्ना डङ्गोलको जोडी पनि सेमिमा स्थान बनाउन सफल भएका छन । सुमित र लिपीको जोडीले भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीलाई २१–१७, १४–२१ र २१–१९ ले तथा राजु र यास्नाको जोडीले नागबहालका सनिल शाक्य र लसता शाक्यको जोडीलाई २१–१५, २१–१९ ले पराजित गरे । यस्तै नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीलाई २१–१६, १९–२१ र २१–१८ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले नागबहालका सुमित शाक्य र सुधा शाक्यलाई २१–१६, २१–१० ले पाखा लगाए ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा नागबहालका सुदिम शाक्य र प्रविण शाक्य, प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार, ओकुबहालका कमल शाक्य र राजेश शाक्य तथा मंगलबजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडीले पनि सेमिमा स्थान पक्का गर्न सफल भएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.