कात्तिक १६, काठमाडौं । प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेललाई दुर्व्यवहार गरेको आरोपमा भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रालयको कामका विषयमा समिक्षा हुँदा मुख्यमन्त्रीले भौतिक विकासको गतिले काम नलिएको बताएपछि स्थापितले अपशब्द बोेलेका थिए । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति लिन नसकेको भन्दै कार्यशैली सुधार्न मुख्यमन्त्रीले भनेपछि स्थापितले तत्काल प्रतिवाद गरेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अन्तर्गत स्थापितलाई पदमुक्त गरेका हुन्। मुख्य मन्त्री पछि दोस्रो बरियतामा रहेका मन्त्री स्थापीतलाई पार्टीसँगको छलफल पछि बर्खास्त गरिएको जनाएको छ । भौतिक मन्त्रालयको जिम्मेवारी हाल मुख्य मन्त्री पौडेलले आफै राखेका छन् ।

