ज्यानमारा खाल्डा २ महिनाभित्र पुर्न सरकारको निर्देशन

कात्तिक १६, काठमाडौं । उपत्यकाभित्रका सडकमा रहेका खाल्डा दुई महिनाभित्र पुर्न सम्बन्धित निकायलाई सरकार पुनः निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायसँग कामको समीक्षा गरी काठमाडौंस्थित सडकका खाल्डा २ महिनाभित्र पुरिसक्न निर्देशन दिएको हो । यस्तै बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए।नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्याकामा रहेका मुख्य सडकहरुकै खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने पनि स्पष्ट पारेको छ ।

गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो ।

रत्नपार्क-साँखु, नागढुङ्गा–कलंकी र अन्य सडकमा खाल्डा पुरिने प्रतिबद्धता प्रधानमन्त्रीको रुपमा ओलीले सपथ लिएसँगै सुरु भएको थियो । केही दिनअघि मात्र काठमाडौको कीर्तिपुरमा सडकको खाल्डोमा परी एक साइकलयात्रीले ज्यान गुमाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.