विमानस्थल निर्माणमा भारतीय अवरोध

कात्तिक १६, पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ।

बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ । अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेकाे छ।

जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ। पोखराको सेनी नदीपूर्वको बालुवा–गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ।विष्फोटक पदार्थ भारतबाट किन्नपर्ने हुँदा दुताबास मार्फत प्रक्रिया पुर्याउनुपर्ने अधिकारीले बताए ।त्यहाँबाट स्वीकृति मिलेपछि खरिदका लागि हामी एलसी खोल्छौं उनले भने ।

विस्फोटक पदार्थजस्ता सामाग्री नेपालले चीनतिरबाट नलयाएको हुँदा भारतकै भर पर्नुपरेको छ ।मेसिनले ड्रिल गरी जमिन खनेर मात्रै साध्य नहुने देखिएपछि विस्फोटक पदार्थ चाहिएको हो ।

तादुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय र अर्थ, गृह, रक्षा हुँदै प्रक्रिया भारतीय दूतावासमा पुगेको जानकारी ठेकेदार कम्पनी सीएएमीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.