बाँदरलाई ‘झ्यालखाना’

कात्तिक १५, पर्वत। पर्वतकाे महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो ।

३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो ।

सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे ।
त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे ।

त्यो सर्वसम्मत पारित भयो । अनि हामीले तत्कालै भारतबाट बाँदरविद बोलाएर नियन्त्रण थाल्यौँ, गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.