पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

कात्तिक १४, पोखरा। गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उहाँले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताउनुभयो । प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरा वरपरका हिमशृृङ्खला, तालतलैया, गुफालगायतका सम्पदाले यहाँको पर्यटकीय आकर्षण बढाएको बताउँदै यिनीहरूको संरक्षण र उपयोगमा सरकार लाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारी, बोर्डको पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, आइडिया इनोभेसनका कार्यकारी प्रमुख कविराज जोशी, बोर्डको पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरे लगायतले पोखरा र आसपासका पर्यटकीय सम्भावना लगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.