नापी कार्यालय सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित पक्राउ

कात्तिक १३, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित पक्राउ गरेको छ। चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो। त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ। एक वर्षदेखि उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गेनिङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए। सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.