लिने होईन, दिने नेपाल बनाउनुपर्छः सांसद फुयाँल

कात्तिक १३, काठमाडौं । अग्नी सुरक्षा सप्ताह अन्र्तगत काठमाडौंको गोकर्णेश्वरमा अग्नी सुरक्षा सम्बन्धि सचेतना तालिम सम्पन्न भएको छ ।

सरोकार फाउण्डेशन तथा सकारात्मक विकास सञ्चार केन्द्र लगायत विभिन्न सामाजिक संघसंस्थाको संयोजनमा आयोजना गरिएको तालिममा बोल्नुहुदै प्रदेश नं. ३ का सांसद रामेश्वर फुयाँलले लिने होईन, दिने नेपाल बनाउन सबै नेपाली लाग्नु पर्ने बताउँनुभएको छ । उहाँले देश समृद्धीतर्फ अग्रसर भइरहेकोले अव हरेक नागरिकको आधारभूत आवश्यकताहरु पूरा हुनेमा जोड दिनुभयो ।  आगलागीबाट हुने जोखिम न्यूनिकरण गर्न अपाङगता भएका व्यक्तिहरुका लागि खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आयोजित उक्त कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै हरेक स्थानिय तह र सार्वजनिक क्षेत्रमा आगलागी सम्बन्धि सुरक्षा र चेतना अभिवृद्धि गर्ने तालिम लगायतका कार्यक्रमको प्रस्ताव आफूले सदनमा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालिम काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन प्रमुख किशोर कुमार भट्टराई दिनुभएको थियो । प्रशिक्षक भट्टराईले नेपालमा अन्य क्षेत्रका व्यक्तिहरुलाई आगलागीबाट हुने जोखिमलाई नियन्त्रण तथा उद्वार गर्ने तालिम दिदै आएपनि अपाङगता भएका व्यक्तिहरुलाई भने पहिलो चोटी प्रशिक्षण दिनुभएको बताउनुभयो । कार्यक्रमका संयोजक तथा सरोकार फाउण्डेशनका अध्यक्ष पल्लव पन्तले अपाङ्गता भएका व्यक्तिहरुका लागि अग्नी सुरक्षा सम्बन्धि ज्ञान आवश्यक रहेको जोड दिनुहुदै तालिमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा प्रारम्भ खबरका सम्पादक भिम लामाले अग्नी नियन्त्रण तालिम हरेक समुदायसम्म विशेष गरि अपाङ्गता भएका व्यक्ति, महिलाहरुलाई लक्षित गरि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा उल्लेख्य संख्यमा खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका व्यक्तिहरु, अत्तरखेल महिला समाजका प्रतिनिधि, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.