गोली चल्दा १ जनाको मृत्यु, ६ जना घाइते

कात्तिक १३, सर्लाही । सर्लाहीमा गोली चल्दा १ जनाको मृत्यु भएको छ। रामनगर गाउँपालिका –४ बहुअरुवा टोलमा गोली चन्दा स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको हो ।

गोली चल्दा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार वडाअध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको विषयलाई लिएर गाउँलेहरुबीच मंगलबार झडप भएको थियो । झडपका क्रममा गोली चलेको सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।

घरबाट अफिस जाने क्रममा ५÷६ जनाको समूहमा आएका स्थानीयले सोमबार वडाअध्यक्ष महतोमाथि कुटपिट गरेका थिए । सोही विषयलाई लिएर मंगलबार स्थानीयबीच झडप भएको र झडपकै क्रममा गोली चलेको प्रहरी निरीक्षक देवले जनाए । गोली प्रहार गरेर उनीहरु फरार भएका छन् । फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.