गोली प्रकरणमा श्रीलंकाको तेलमन्त्रीलाई पक्राउ

कात्तिक १२, काठमाडौं । गोली प्रकरणमा श्रीलंकाको प्रहरीले तेलमन्त्रीलाई पक्राउ गरेको छ।

आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेलमन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुंगाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए। त्यसै विषयलाई लिएर उनलाई सोमबार पक्राउ गरिएको हो। सन् ११९६ मा श्रीलंकालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुंगा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेका बलियो समर्थक मानिन्छन् ।

श्रीलंकाका ट्रेड युनियनहरूले मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेलमन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रुवान गुणसेकेराले बताए। श्रीलंकाका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री मैत्रीपालालाई हटाई श्रीलंकाको तीन दशक लामो गृहयुद्धलाई बल प्रयोग गरी निष्कर्षमा पुर्‍याएका शक्तिशाली पूर्वराष्ट्रपति राजपाक्षेलाई नियुक्त गरेपछि गहिरिएको श्रीलंकाको राजनीतिक संकटबीच आइतबार र सोमबार यदाकदा झडपका घटना भएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.