कात्तिक १२, कोलम्बो । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिंघेलाई हटाउँदै महिन्द्रा राजापाक्षेलाई प्रधानमनत्री नियुक्ति गरेसँगै श्रीलंकामा राजनैतिक संकट चुलिदैं गएको छ ।
सिरिसेनाले पूर्व प्रधानमन्त्री विक्रमसिंघेलाई प्रधानमन्त्री भवन खाली गर्न आदेश दिएको समयमा उनले आफुलाई प्रधानमन्त्री बताइरहेका छन् ।विक्रमसिंघेको अत्यन्त नजिकको मन्त्री अर्जुना रणतुङ्गा आफुलाई मन्त्री रहेको महसुश गर्दै सिलोन पेट्रोलियम कर्पोरेसनको निरिक्षण गर्न पुग्दा राजापाक्षे समर्थकले नारा जुलुस गरे । पेट्रोलियम मन्त्री अर्जुना रणतुङ्गालाई सिपीपीको अफिसबाट निस्कन रोक्दा उनको अंग रक्षकले गोली चलाउँदा एक जनाको मृत्यु हुन पुग्यो । घाइते दुई जनालाई अस्पताल भर्ना गरिएसँगै श्रीलंकामा राजनैतिक हिंसा भड्कने सक्ने जनाइएको छ ।
विगतमा राजापाक्षे सरकारको मन्त्री रहेका सिरिसेना विक्रमसिंघेसँग मिल्दै निर्वाचन मार्फत सत्तामा आएका थिए । पछल्लो केहि समयदेखी भारतसँग असन्तुष्ट सिरिसेनाले चीनसँग हात मिलाउँदा उनको हत्या गर्ने षड्यन्त्र रचिएको जनाइएको थियो । विक्रमसिंघेलाई भारतीय हिमचिम पछि सिरिसेनाले राष्ट्रपति राजापाक्षेसँग हात मिलाउँदैं विक्रमसिंघेलाई सत्ताच्यूत गर्दा श्रीलंकामा राजनैतिक संकट बढ्दै गएको हो । संसदीय अंक गणितलाई ध्यान दिदैं १६ नोभेम्बर सम्मको लागि संसदलाई निलम्बन गरिदिएका सिरिसेनाको कदमले राजापाक्षे र विक्रमसिंघे समर्थकबीच राजनैतिक झडपको सम्भावना बढेको जनाइएको छ ।

