गौचन हत्यामा संलग्न थप तीनजना पक्राउ

कात्तिक १२, काठमाडौं । निर्माण व्यवसायी शरद गौचन हत्यामा संलग्न थप तीनजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा रोशन बुढाथोली, अम्बर बहादुर रानामगर र लोप्साङ लामा रहेका छन् । महाशाखाले पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ । अघिल्लो वर्ष असोज २३ गते शान्तिनगरबाट निस्कदै गर्दा गौचनलाई गोली हानी हत्या गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.