नेपाल र मलेसियाबीच अाज ऐतिहासिक श्रम-सम्झौता हुँदै

कात्तिक १२, काठमाडौँ । तीन दशकदेखि नेपालीको वैदेशिक रोजगारी गन्तव्यका रुपमा स्थापित रहेको मलेसियासँग आज एेचिहासिक श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आज बिहान ११ बजे होटल हायतमा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर हुनेछ ।

नेपाली कामदारले आफ्नो हकहितका लागि श्रम-सम्झौता माग गर्दै आएका थिए । श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान हिजै नेपाल अाइसकेका छन ।

आज दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री कुलासेगरानले र हस्ताक्षर गर्नेछन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार दुवै मुलुकबीच हुने सम्झौतामा नेपाली कामदार विदेश जाँदा लाग्ने आर्थिक भार रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने उल्लेख छ । यसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको खर्च घटाउने छ ।

२०४२ सालदेखि नेपालीहरु रोजगारीका लागि मलेसिया जान थाले पनि दुई देशबीच श्रम सम्झौता हुन सकेको थिएन । मन्त्रालयले श्रम सम्झौता नेपाली कामदारको हकहितको पक्षमा रहेको दावी पनि गरेको छ ।

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन असोज १२ गते नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । त्यसअघि मलेसियाली पक्षले अध्ययनका लागि सम्झौताको मस्यौदा नेपाल पठाएको थियो । श्रम र एवं कानून मन्त्रालयले अध्ययन गरी नेपालको तर्फबाट संशोधन थप गरेर फेरि मस्यौदा मलेसिया पठाइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.