तिहारपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने

कात्तिक १२, काठमाडौँ । तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तिहारलगत्तै सिंहदरबारमा कार्यरत निजामती कर्मचारी तथा पाँचथर जिल्लाबाट नागरिकको बायोमेट्रिक विवरणसहितको चिप प्रविधिको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी साता परिचयपत्र छपाइको ‘फाइनल टेस्ट’ गर्दै छ । ‘१ नोभेम्बर ९१५ कात्तिक० मा परिचयपत्र छपाइको फाइनल टेस्ट हुँदै छ,’ व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले भने, ‘अप्रत्याशित समस्या नआएमा कात्तिक महिनाभित्रै परिचयपत्र जारी गर्ने तयारीमा छौँ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.