‘स्वराेजगार काेष’मा कराेडाैं भ्रष्टाचार

कात्तिक १२, काठमाडौँ । सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ।

कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो। कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होससेल पसल, मालसामान सप्लाई गर्ने डिलर लगायतलाई रकम बाडेको फेला परेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा कोषका कार्यकारी निर्देशकले नै पेन्सन तथा कोषको दोहोरो सुविधा समेत लिदैं आएको तथ्य भेटिएको छ। कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी समेत झुटो रहेको सतर्कता केन्द्रको छानबिनका क्रममा फेला परेको छ।

उनीहरु पहिलेदेखि नै रोजगार रहेको तर कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको झुटो दाबी पेश गरेको सकर्तता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन भन्छ- ‘औपचारिक शिक्षा आर्जन लगायत कुनै पनि पेशा व्यवसायमा संलग्न नरहेको बेरोजगार व्यक्तिलाई लक्षित समूहको रुपमा परिभाषित गरिएकोमा सो विपरित हुने गरी सुन व्यवसायी, बस तथा ट्याक्सी, शिक्षित व्यक्तिहरु, होलसेल व्यवसाय, ढुवानी व्यवसायी, मालसमानमा सप्लाई गर्ने डिलर आदिमा लगानी भएको देखियो।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.