विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक

कात्तिक ११, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौं ल्याइएको ट्रफी आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् ।

यसअघि शनिबार पोखरामा प्रदर्शन गरेको ट्रफी आज नै प्रधानमन्त्री निवास बालुवाटार ल्याउने कार्यक्रम रहेको छ । ट्रफी चार दिन नेपाल राखेर भारत पुर्याइने आइसीसीले जनाएको छ । विश्वकप ट्रफी नेपालसहित विश्वका २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.