शहीद स्मारक ए डिभिजन लिग मङ्सिर १ देखि पुनः सुरु हुने

कात्तिक ११, काठमाडौं । आगामी मंसिर १ गतेदेखि पुनः शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा असोज १३ देखि सुरु भएको लिग फेरि हु लागेको हो ।

असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो। त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडिसम्म पहिलो चरणका खेल भएका थिए। दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो। लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन्। लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन्। फेयर प्ले टिमले रु एक लाख पाउनेछ। प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ। लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.